काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसनले सार्वजनिक विदाको दिन पनि भन्सार कार्यालयबाट सरकारी सेवा सुचारु गरी दिन अर्थमन्त्री रामेश्वर खनाललाई आग्रह गरेका छन् ।
जेनजी प्रदर्शनबाट क्षतिग्रस्त भएको थापाथली स्थित अटो शोरुमको अवलोकन गर्न पुगेका अर्थमन्त्री खनाललाई नाडाका पदाधिकारीले यस्तो आग्रह गरेका हुन् ।
नाडाको आग्रह पछि अर्थ घनश्याम उपाध्यायले तत्काल कर्मचारीलाई फोन गरी सार्वजनिक विदाको दिन पनि भन्सार कार्यालयको सेवा सुचारु गर्न निर्देशन दिएका छन् । उनले कर्मचारी आलोपालो गरेर भए पनि सेवा दिन निर्देशन दिएका हुन् ।


