अर्थमन्त्री खनालको नयाँ कदम : भन्सारमा पहिलोपटक स्वघोषणाको आधारमा मूल्यांकन सुरु

अर्थमन्त्री खनालको नयाँ कदम : भन्सारमा पहिलोपटक स्वघोषणाको आधारमा मूल्यांकन सुरु

ट्याक्स खबर
बिहिवार, आश्विन ९ २०८२
ट्याक्स खबर
बिहिवार, आश्विन ९ २०८२
  • images

    काठमाडौं। नेपालमा पहिलोपटक भन्सारमा स्वयम् घोषणाको आधारमा भन्सार मूल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली सुरु भएको छ। विराटनगर भन्सार कार्यालयबाट यो प्रणालीको शुभारम्भ भएको हो।

    अर्थमन्त्री रामेश्वर खनालले यो नवीन प्रणालीको सुरुवात गरेका छन्। आयकरमा स्वघोषणा प्रचलनमा रहे पनि भन्सार क्षेत्रमा यो पहिलो प्रयास हो।

    यो प्रणालीले व्यापारको लागत घटाउने मात्र नभई व्यवसायीहरूलाई इमानदार हुन प्रेरित गर्ने अर्थमन्त्री खनालले बताए। उनले भने, "विराटनगर नाकामा सफल भएमा यो प्रणाली निकट भविष्यमा देशभरका भन्सार कार्यालयहरूमा लागू हुनेछ।"

    यो प्रणालीमा राजस्व चुहावट नियन्त्रण गर्न 'विद्युतीय रिस्क इन्जिन' सञ्चालन हुनेछ, जसले शंकास्पद कारोबारको गन्तव्यमै पुगेर छानबिन गर्नेछ। यसले राजमार्गमा ट्रक रोकेर दुख दिने प्रथालाई अन्त्य गर्ने सरकारको विश्वास छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend