काठमाडौँ । माइतीघर मण्डलमा आन्दोलन गर्न पुगेका डा. निकोलश भुसालसहितका १६ जना युवा पक्राउ परेका छन् । डा निकोलस भुसाल, सञ्जीव दाहालसहित १६ जना पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
भुसालले बिहान११ बजेदेखि माइतीघरमा शान्तिपूर्ण प्रदर्शन हुने बताएका थिए । प्रधानमन्त्री गृहमन्त्रीले सहिदको र जेन-जीको माग पूरा गर्न नसके राजीनामा दिनुपर्ने उनको माग छ। उनले सरकार आफैँ चलाउने भन्दै जेन-जीको माग पूरा गर्न संविधान संशोधन पनि गर्ने बताएका थिए ।
माइतीघरमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला गरेको थियो । उनीहरुले कोणसभा गर्ने बताए पनि प्रहरीले अवरोध गरेको थियाे ।


