माग धान्न सुनको दैनिक आयात कोटा २५ किलो पुर्‍याइयो, रेमिट्यान्सको सीमा पनि बढ्यो

माग धान्न सुनको दैनिक आयात कोटा २५ किलो पुर्‍याइयो, रेमिट्यान्सको सीमा पनि बढ्यो

ट्याक्स खबर
शुक्रवार, आश्विन २४ २०८२
ट्याक्स खबर
शुक्रवार, आश्विन २४ २०८२
  • images

    काठमाडौँ। नेपाल राष्ट्र बैंकले चाडपर्व र विवाहको समयलाई मध्यनजर गरेर सुन आयातको दैनिक सीमा बढाएको छ ।  राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको हो।

    नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्‍याइएको राष्ट्र बैंकले जनाएको छ। 

    यस्तै, बैंकले रेमिट्यान्सको भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको नयाँ परिपत्रअनुसार यी व्यवस्था लागू हुने छ। उक्त व्यवस्था अनुसार अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्म/कम्पनी/संस्था/शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ। यस अघि उक्त सीमा २० लाख रुपैयाँ रहेको थियो। 

    त्यसैगरी, नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्ने समेत बताइएको छ।

    111_9K7rrik4eK.jpg

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend