वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान

ट्याक्स खबर
सोमवार, कार्तिक १० २०८२
ट्याक्स खबर
सोमवार, कार्तिक १० २०८२
  • images

    काठमाडौँ । सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले यही कात्तिक ३ गते एक सूचना प्रकाशन गरी छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको हो ।

    श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा विरामी भई कल्याणकारी कोषबाट यस सचिवालयमार्फत शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आह्वान गरिएको जनाइएको छ । 

    आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसुची ९१० बमोजिमको ढाँचामा यही कात्तिक मसान्तभित्र निवेदन पेस गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend