तीन करोड बढीको घरजग्गा कारोबारका लागि लाइसेन्स लिन आवेदन खुला

तीन करोड बढीको घरजग्गा कारोबारका लागि लाइसेन्स लिन आवेदन खुला

ट्याक्स खबर
बिहिवार, कार्तिक १३ २०८२
ट्याक्स खबर
बिहिवार, कार्तिक १३ २०८२
  • images

    काठमाडौँ । घरजग्गा कारोबारका लागि लाइसेन्स लिन आवेदन खुला गरिएको छ। सरकारले अबदेखि तीन करोड रूपैयाँभन्दा बढीको घरजग्गा कारोबार गर्न चाहने फर्म, कम्पनी वा संस्थाले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था कार्यान्वयनमा लगेको हो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको इजाजतपत्रका लागि बिहीबार दरखास्त आह्वान गरेको हो ।

    विभागले असोज २७ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार महानगरपालिका र उपमहानगरपालिका क्षेत्रलाई कार्यक्षेत्र घोषणा गरेको जनाएको छ । सोही आधारमा अब एक पटकमा तीन करोड रूपैयाँभन्दा बढीको कारोबार गर्न इच्छुक फर्म, कम्पनी वा संस्थाले ३० दिनभित्र अनलाइनमार्फत निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मालपोत नियमावली, २०३६ (आठौं संशोधन २०८२) को अनुसूची ८ मा उल्लिखित कागजात एवं प्रमाण स्क्यान गरी सोही अनुसूची बमोजिमको ढाँचामा निवेदन पेश गर्न भनिएको छ ।

    इजाजत पत्र लिनको लागि मालपोत नियमावली, २०३६ को नियम २३ ट बमोजिम एक पटकमा पाँच करोड रूपैयाँसम्म कारोबार गर्ने व्यक्ति फर्म, कम्पनी वा संस्थाको हकमा पाँच लाख रूपैयाँ दस्तुर बुझाउनुपर्नेछ । एक पटकमा पाँच करोड रुपैयाँ भन्दा घटी वा बढी जतिसुकै रकमको कारोबार गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको हकमा दश लाख रूपैयाँ बुझाउनुपर्नेछ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend