सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, ५ करोडको हिसाब गोलमाल

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, ५ करोडको हिसाब गोलमाल

ट्याक्स खबर
आइतवार, कार्तिक १६ २०८२
ट्याक्स खबर
आइतवार, कार्तिक १६ २०८२
  • images

    काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।

    आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजातहरू नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।

    नगरपालिकामा अनियमितता भएको भन्ने पटकपटक गुनासो तथा उजुरी आएपछि अख्तियारले आइतबार छापा मारेको हो ।

    भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पताल निर्माणका  लागि भन्दै नगरपालिकाका प्रतिनिधिले ५ करोड रुपैयाँ लिएको तर उक्त रकम अस्पताल निर्माणमा नलगाई अन्यत्र हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो ।

    अख्तियारले छापा मार्दा २० लाख रुपैयाँ बराबरको हिसाब भेटिए पनि बाँकी रकमबारे केही पनि कागजात नभेटिएको बताइएको छ ।

    पछिल्लोपटक  जेनजीको नाममा भोटेकोसी जलविद्युत आयोजनामा १० प्रतिशत निशुल्क सेयर माग गरि एक महिनासम्म आयोजना बन्द गराइएको थियोे । अन्तत आयोजनाले १०० रुपैयाँका दरले सेयर दिने सम्झौता गरेपछि आयोजना सञ्चालनमा आएको थियोे ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend