भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दुई बीमा कम्पनीले गरे एक करोड २५ लाख सहयोग

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दुई बीमा कम्पनीले गरे एक करोड २५ लाख सहयोग

ट्याक्स खबर
मंगलवार, कार्तिक १८ २०८२
ट्याक्स खबर
मंगलवार, कार्तिक १८ २०८२
  • images

    काठमाडौं। गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि दुई  बीमा कम्पनीहरूले एक करोड २५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

    नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु एक करोड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले रु २५ लाख भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गरेका छन्।

    आज राजधानीमा आयोजित कार्यक्रममा नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त ले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा उक्त सहयोग रकम हस्तान्तरण गरे।

    दुवै कम्पनीको तर्फबाट अर्थमन्त्री रामेश्वर खनाललाई छुट्टाछुट्टै चेक हस्तान्तरण गरिएको हो।
    अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार, आज प्राप्त सहयोगसहित पुनर्निर्माण कोषमा जम्मा रु ७ करोड ५१ लाख ६० हजार ४३९ संकलन भइसकेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend