पेट्रोलियम कारोबारमा सरकारको एकाधिकार समाप्त, योग्य होल्डिङ्सले शुरू गर्‍यो एलएनजी ग्याँसको व्यापार

पेट्रोलियम कारोबारमा सरकारको एकाधिकार समाप्त, योग्य होल्डिङ्सले शुरू गर्‍यो एलएनजी ग्याँसको व्यापार

ट्याक्स खबर
शुक्रवार, मंसिर ५ २०८२
ट्याक्स खबर
शुक्रवार, मंसिर ५ २०८२
  • images

    काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको कारोबारमा रहेको सरकारी एकाधिकार औपचारिक रूपमा अन्त्य भएको छ। हालसम्म नेपाल आयल निगमको नियन्त्रणमा रहेको पेट्रोलियम व्यापार निजी कम्पनी योग्य होल्डिङ्सले एलएनजी आयात गरी बिक्री वितरण प्रक्रिया सुरु गरेपछि निगमको एकाधिकार समाप्त भएको हो।

    योग्य होल्डिङ्सले बाराको सिमरामा ७ विघा क्षेत्रफलबमा करिब ५० करोड रुपैयाँ लगानीमा प्लान्ट निर्माण गरी एलएनजी भित्र्याउन सुरु गरेको छ। यसलाई ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको छ। एसजी ग्रुपका अनुसार सरकारले अनुमति दिएको एक वर्षमै प्लान्ट निर्माण पूरा गरी एलएनजी व्यापार सुरु गरिएको हो।

    ग्रुपका अनुसार प्लान्ट निर्माणमा ५० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ र भारतीय आयल निगमबाट एलएनजी आयात गरी व्यावसायिक रूपमा बिक्री वितरण पनि सुरु भइसकेको छ। नेपालमा पेट्रोलियम कारोबारमा सरकारी एकाधिकार रहेका बेला पहिलोपटक निजी क्षेत्रले एलएनजी भित्र्याउनु नै ठूलो उपलब्धि भएको बताइएको छ।

    पेट्रोलियम व्यापारमा एकाधिकार राख्ने नेपाल आयल निगमले ‘नो अब्जेक्सन लेटर’ दिएपछि उद्योग विभागले २०८१ मंसिर ७ गते योग्य होल्डिङ्सलाई एलएनजी आयातको अनुमति दिएको हो। कम्पनीमा घिमिरेसहित एलपी ग्यास तथा पेट्रोलियम व्यवसायमा संलग्न अन्य उद्यमीहरूको पनि लगानी रहेको छ।

    कम्पनीले औद्योगिक प्रयोजनका लागि एलएनजी ट्यांकरमार्फत भित्र्याएर ठूलो आकारका सिलिन्डरमा भरेर बिक्री वितरण सुरु गरिसकेको छ। एक ग्यास उद्योगले एलएनजी प्रयोग गर्न सुरु पनि गरिसकेको छ। एलएनजी मुख्यतः उद्योगमै प्रयोग हुने भएकाले एलपी ग्यास, फर्निस आयल, दाउरा वा डिजल प्रयोग गरिरहेका उद्योगलाई यो सस्तो र प्रभावकारी हुने बताइएको छ।

    योग्य होल्डिङ्सले भारतको भारतीय आयल निगमसँग २०८१ वैशाख ३१ गते एलएनजी आपूर्ति सम्बन्धी सम्झौता गरेको थियो। भारतले नेपाललाई एलएनजी निर्यात गरेको यो पहिलो पटक हो। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend