अब नेपालबाट बंगलादेशमा ६० मेगावाट विद्युत निर्यात गरिने, नेपालको निर्यात १३०० मेगावाट पुग्ने

अब नेपालबाट बंगलादेशमा ६० मेगावाट विद्युत निर्यात गरिने, नेपालको निर्यात १३०० मेगावाट पुग्ने

ट्याक्स खबर
बिहिवार, मंसिर ११ २०८२
ट्याक्स खबर
बिहिवार, मंसिर ११ २०८२
  • images

    काठमाडौं ।  नेपालले बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । यो सहमतिसँगै बंगलादेश निर्यात हुने विद्युत ६० मेगावाट पुग्नेछ । नेपालले गत वर्षदेखि नै बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्दै आइरहेको छ ।

    बिहीबार बंगलादेशको ढाकामा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा नेपालबाट थप २० मेगावाट विद्युत खरिद बिक्री गर्ने विषयमा सहमति जुटेको हो ।

    बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।

    सोही बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने, नेपालबाट भारतीय बाटो हुँदै बंगलादेशसम्म प्रसारणलाइन निर्माणको लागि अध्ययन गर्ने र त्रिदेशीय सम्झौता गर्नुपर्ने विषयमा भारतसँग आआफ्नो क्षेत्रबाट पहल गर्ने लगायतका सहमति पनि भएको जनाइएको छ ।

    नेपालले बंगलादेशका अलवा भारतमा १२०० मेगावाट हाराहारी विद्युत निर्यात गर्दै आएको छ । आगामी वर्ष नेपालले थप विद्युत निर्यातको स्विकृति पाउन सके नेपालबाट निर्यात हुने विद्युत १३०० मेगावाट नाघ्ने देखिएको छ ।

    भारतले नेपालाबाट १० वर्षभित्र १० हजार मेगावाट विद्युत आयात गर्ने सहमति गरिसकेको छ भने बंगलादेशले ९ हजार मेगावाटसम्म विद्युत लिनसकिने बताउँदै आएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend