गलत सूचनाले लगानी वातावरण प्रभावित, निजी क्षेत्रको मनोबल घट्यो : महासंघ अध्यक्ष ढकाल

गलत सूचनाले लगानी वातावरण प्रभावित, निजी क्षेत्रको मनोबल घट्यो : महासंघ अध्यक्ष ढकाल

ट्याक्स खबर
सोमवार, मंसिर १५ २०८२
ट्याक्स खबर
सोमवार, मंसिर १५ २०८२
  • images

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट फैलिने गलत सूचनाले देशको लगानी वातावरण र निजी क्षेत्रको मनोबलमा गम्भीर नकारात्मक असर परेको बताएका छन्।

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा फैलिएको गलत सूचनाले निजी क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको स्मरण गर्दै भने, “गलत सूचना कति विनाशकारी हुन सक्छ भन्ने उदाहरण हामीले हालै जेनजी आन्दोलनमा स्पष्ट देख्यौं।”

    ढकालका अनुसार आन्तरिक तथा वैदेशिक लगानी आकर्षित गर्न सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। लगानी मैत्री वातावरण निर्माणका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज सेवा प्रवाह अपरिहार्य रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले लामो समयदेखि सरकारसँग यिनै माग उठाउँदै आएको बताए।

    “निजी क्षेत्र नै अर्थतन्त्रको इन्जिन हो तर हरेक राजनीतिक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने क्रमले लगानीको उत्साह कमजोर बनाएको छ,” उनको भनाइ छ।

    अध्यक्ष ढकालले मुलुकमा केही पनि काम नभएको जस्ता नकारात्मक धारणा बदलिनुपर्ने आवश्यकता औंल्याउँदै राज्यले घोषणा गरेका नीति तथा प्रतिबद्धता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

    भूतप्रभावी कानुन र अनिश्चितता सिर्जना गर्ने प्रावधानहरूले लगानी वातावरण कमजोर पारेको टिप्पणी गर्दै उनले नीति स्थिरता र कार्यान्वयन क्षमतामा सुधार अनिवार्य रहेको उल्लेख गरे।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend