काठमाडौँ। सन् २०२५ को नोभेम्बरमा नेपालमा १ लाख १६ हजार ५५३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यो महिनामा पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ। सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार र अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल पुगेका थिए।
देशमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन्, कुल १८ हजार ९९५। त्यसैगरी संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट ७ हजार ८७१, बेलायतबाट ७ हजार १८९, बङ्गलादेशबाट ५ हजार ६५३, अष्ट्रेलियाबाट ५ हजार ३९३, श्रीलङ्का ४ हजार ८३१, म्यानमार ४ हजार ४८४, फ्रान्स ४ हजार २१२ र जर्मनी ४ हजार १३४ पर्यटक भित्रिएका छन्।
क्षेत्रगत वितरणअनुसार दक्षिण एसियाली मुलुकबाट ३० हजार ८७०, अन्य एसियाली मुलुकबाट २८ हजार ६१३, युरोपबाट ५ हजार ८९१, अमेरिका १३ हजार ६७८, मध्य पूर्वी मुलुक १ हजार ८०२, अफ्रिका ४१२ र अन्य मुलुकबाट ६ हजार २६९ पर्यटक नेपाल प्रवेश गरेका छन्।
यस वर्ष जनवरीदेखि नोभेम्बरसम्म कुल १० लाख ६० हजार २६९ पर्यटक नेपाल भ्रमणमा आएका छन्। अक्टोबर महिनामा मात्रै १ लाख २८ हजार ४४३ पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन मुख्य पर्यटकीय याम मानिन्छ।


