भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफद्वारा डेढ करोड सहयोग

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफद्वारा डेढ करोड सहयोग

ट्याक्स खबर
सोमवार, मंसिर १५ २०८२
ट्याक्स खबर
सोमवार, मंसिर १५ २०८२
  • images

    काठमाडौँ। ‘जेनजी’ प्रदर्शनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माण उद्देश्यले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रु १ करोड ५० लाख सहयोग गरेको छ।

    सहयोग अक्षेप अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई कम्पनीका अध्यक्ष गोविन्दलाल सङ्घई, सञ्चालक कमलेशकुमार अग्रवाल र सीइओ प्रवीण रमण पराजुलीले संयुक्त रूपमा बुझाए।

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘जेनजी’ प्रदर्शनका कारण भएको भौतिक क्षति पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका कार्यका लागि उक्त सहयोग गरेको बताइएको छ।

    अहिलेसम्म पुनर्निर्माण कोषमा कुल रु ११ करोड ८२ लाख जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend