रत्नपार्कबाट ४ महिनामा रु १८ लाख बढी राजस्व संकलन, निःशुल्क वाइफाइ दिंदै महानगर

रत्नपार्कबाट ४ महिनामा रु १८ लाख बढी राजस्व संकलन, निःशुल्क वाइफाइ दिंदै महानगर

ट्याक्स खबर
बिहिवार, मंसिर १८ २०८२
ट्याक्स खबर
बिहिवार, मंसिर १८ २०८२
  • images

    काठमाडौँ। काठमाडौँको रत्नपार्कमा अब निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको छ।

    काठमाडौँ महानगरपालिकाअन्तर्गत हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ राउटरमार्फत ५०० एमबिपिएस क्षमताको वाइफाइ जडान गर्ने कार्य सुरु गरेको छ। मङ्सिरभित्रै पार्कका सबै क्षेत्रमा सेवा सञ्चालन हुने जनाएको छ।

    महानगरले करिब रु ८० लाख खर्चेर पुनःनिर्माण गरेपछि रत्नपार्कमा घुम्न आउनेको संख्या बढ्दो छ। हाल विद्यार्थीका लागि प्रवेश शुल्क रु २०, सर्वसाधारणका लागि रु ३० र विदेशी पर्यटकका लागि रु १०० निर्धारण गरिएको छ। चार महिनामा पार्कबाट रु १८ लाख बढी राजस्व संकलन भएको छ।

    दैनिक ५०० देखि १ हजार जनासम्म आउने रत्नपार्कमा बस्नका लागि कुर्सी, सार्वजनिक शौचालय तथा विभिन्न सालिकहरूको व्यवस्था छ। पानीको अभावका कारण बोटविरुवाको संरक्षणमा चुनौती भए पनि चाँडै फोहोराको पानी आपूर्ति प्रणाली सञ्चालन गर्ने तयारी भइरहेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend