चौथो पटक म्याद थपेको नारायणगढ–बुटवल सडक विस्तार प्रगति ७६ प्रतिशत

चौथो पटक म्याद थपेको नारायणगढ–बुटवल सडक विस्तार प्रगति ७६ प्रतिशत

ट्याक्स खबर
बिहिवार, मंसिर १८ २०८२
ट्याक्स खबर
बिहिवार, मंसिर १८ २०८२
  • images

    त्रिवेणी (नवलपरासी)। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। चौथो पटक थपिएको म्याद २०८३ असारभित्र काम सक्ने लक्ष्यसहित पूर्वी खण्डका सबै अधूरा स्थानमा तीव्र गति साथ काम भइरहेको छ।

    जयश्री पुल, चोरमारा र अरुणखोला पुल, दुम्किबासको कालोपत्रे तथा चोरमारा–अरुणखोला क्षेत्रका लामो पुलहरू सञ्चालनमा ल्याउने अन्तिम तयारी चलिरहेको छ। कालोपत्रे सकिएका क्षेत्रमा सर्भिस लेन कालोपत्रे, डिभाइडर सफाइ र पातलो भागमा पुनःकालोपत्रे जारी छ।

    दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण अन्तिम चरणमा छ र चैतसम्म सडक ढलानसहित बाँकी १४ प्रतिशत काम सक्नेगरी काम भइरहेको छ।

    २०७५ माघ २४ मा सम्झौता भई चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले २०७९ साउन २२ सम्म समाप्त गर्ने गरी काम सुरु गरेको थियो। तोकिएको समयमै नबन्दा २०८१ साउन ८, २०८२ साउन ८ हुँदै अहिले चौथो म्याद थपेर काम अगाडि बढाइएको हो।

    एडिबीको ऋण सहयोगमा अघि बढेको ११३ किमि सडक विस्तारको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ। यसमध्ये ७० किमि चार लेन, २९ किमि चार लेनसहित दुवैतर्फ ६–६ मिटर सर्भिस लेन र दाउन्ने क्षेत्रमा १४ किमि तीन लेनको सडक निर्माण भइरहेको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend