पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन ५ मन्त्री सहित ५५ जना विरूद्ध मुद्दा

पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन ५ मन्त्री सहित ५५ जना विरूद्ध मुद्दा

ट्याक्स खबर
आइतवार, मंसिर २१ २०८२
ट्याक्स खबर
आइतवार, मंसिर २१ २०८२
  • images

    काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा अस्वाभाविक रूपमा लागत बढाई भ्रष्टाचार गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको छ।

    अख्तियारले तत्कालीन पाँच मन्त्री सहित ५५ जना तथा चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङलाई समेत प्रतिवादी बनाएको छ। 
    मुद्दा दायर भएपछि क्यानको व्यवस्थापनमा कार्यरत उपमहानिर्देशक प्रतापबाबु तिवारी र हंसराज पाण्डे, साथै बाबुराम पौडेल र वरिष्ठ कर्मचारी द्वारिका प्रसाद भट्टराई निलम्बनमा परेका छन्। 

    यस्तै, अख्तियारले गत बुधबार १३ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी अर्को भ्रष्टाचार मुद्दा दायर गरेपछि महानिर्देशक प्रदीप अधिकारी निलम्बनमा परेका छन्।
    उच्च व्यवस्थापनका बहालवाला कर्मचारी लगातार निलम्बनमा पर्दा क्यानको दैनिक कामकाज प्रभावित हुने देखिएको छ। 

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend