मुस्काउँदै मुस्ताङ :सन् २०२५ मा विदेशी पर्यटक झन्डै १९ प्रतिशतले बढे

मुस्काउँदै मुस्ताङ :सन् २०२५ मा विदेशी पर्यटक झन्डै १९ प्रतिशतले बढे

ट्याक्स खबर
बिहिवार, पौष १७ २०८२
ट्याक्स खबर
बिहिवार, पौष १७ २०८२
  • images

    मुस्ताङ। धार्मिक र पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको संख्या गत वर्षभन्दा १८ दशमलव ७१ प्रतिशतले बढेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ मा यहाँ एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएका छन्, जबकि सन् २०२४ मा यो संख्या एक लाख ३५ हजार ७१९ थियो।

    सन् २०२५ मा आउने पर्यटकमध्ये सार्क राष्ट्रबाट १ लाख ३२ हजार ८४७ र अन्य राष्ट्रबाट २८ हजार २७५ जना थिए। सन् २०२४ को तुलनामा सार्क राष्ट्रतर्फ १७ दशमलव ५७ प्रतिशत र अन्य राष्ट्रतर्फ ७ दशमलव ४४ प्रतिशत वृद्धि भएको देखिन्छ।

    एक्याप प्रमुख राजेश गुप्ताका अनुसार, हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दो छ। तर, भदौ २३–२४ गतेको जेनेजी आन्दोलनको प्रभावका कारण अपेक्षित वृद्धि नभएको र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक संख्या घटेको जनाएको छ। सेप्टेम्बरमा ३,६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक कम भएका थिए।

    जनवरीदेखि अगस्त र डिसेम्बरसम्म भने पर्यटक संख्या उल्लेख्य रूपमा बढेको छ। भ्रमण गर्ने पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्रका र १८ प्रतिशत अन्य मुलुकका छन्। सार्क राष्ट्रका पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेको गुप्ताले जानकारी दिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend