काठमाडौँ – सरकारले देशभरिका सहकारी संस्थाबाट ठगिएका पीडितहरूलाई राहत दिन विशेष योजना अघि सारेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमार्फत सहकारी पीडितको लगानी फिर्ता गराउने उद्देश्यले चक्रीय कोष (Revolving Fund) स्थापना गर्ने घोषणा गरिएको हो।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो कोषमार्फत सहकारीमा जम्मा गरिएको रकम गुमाएका सर्वसाधारणलाई राहत दिइने बताए ।
अर्थमन्त्री पौडेलका अनुसार, "सहकारीका सञ्चालक, पदाधिकारी तथा कर्जा अपचलन गर्नेहरूको सम्पत्ति र राहदानी रोक्का राखिनेछ।"


