आज अप्रिल २२- विश्वभर पृथ्वी दिवस मनाइँदै

आज अप्रिल २२- विश्वभर पृथ्वी दिवस मनाइँदै

बुधवार, बैशाख ९ २०८३
बुधवार, बैशाख ९ २०८३
  • images

    आज बुधबार विश्व पृथ्वी दिवस मनाइँदै छ ।

    अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ । नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो विश्व पृथ्वी दिवस मनाइँदै छ ।

    सन् २००९ मा राष्ट्रसंघको ६३औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।

    पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिएको हो ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend