काठमाडौं। नेपाली बजारमा आज सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।
अघिल्लो दिन ९बुधबार० सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार भने सुनको मूल्यमा ठूलो गिरावट आउँदै तोलामा १ हजार २०० रुपैयाँ घटेको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ३२२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।


