रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै

रातो मच्छिन्द्रनाथको भोटो जात्रा मनाइँदै

शनिवार, आषाढ ६ २०८३
शनिवार, आषाढ ६ २०८३
  • images

    काठमाडौं । रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज (शनिबार) भोटो जात्रा मनाइँदै छ । 

    जावलाखेलस्थित ललित मण्डपमा रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शन गरिनेछ । करिब १६ सय वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक—धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।

    परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्मती लगिनेछ । ६महिनासम्म बुङ्मतीमा राखेपछि साइत हेरी पुनः पाटनस्थित मच्छिन्द्रबहाल ल्याइने चलन छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend