नेपालमा पेट्रोलियम उत्खननको अहिलेसम्म कति भयो काम ?

नेपालमा पेट्रोलियम उत्खननको अहिलेसम्म कति भयो काम ?

बुधवार, आषाढ २४ २०८३
बुधवार, आषाढ २४ २०८३
  • images

    नेपालमा पेट्रोलियम पदार्थको खोजी कहिलेबाट सुरु भयो ?

    नेपालमा पहिलो पटक सन् १९७९ मा पेट्रोलियम पदार्थ खोजीका लागि गतिविधि सुरु भएको थियो।

    पेट्रोलियम पदार्थ उत्खननको सम्भाव्यता अध्ययनका लागि नेपालमा विगतमा नेदरल्याण्डस्‌, चीन, क्यानडालगायत देशबाट पनि विज्ञको टोली आएको बताइन्छ।

    नेपाल सरकारले सन् १९८२ मा पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रलाई एउटा छुट्टै इकाईका रूपमा स्थापना गरेको थियो।

    चीनको न्याशनल चाइना पेट्रोलियम कर्पोरेशन विश्वकै पेट्रोल अन्वेषण र उत्खनन गर्ने सबैभन्दा ठूलो संस्था हो। उक्त संस्थाले नै नेपालमा तेल र ग्यासको उत्खननको सम्भावनाबारे अध्ययन थालेको हो।

    खानी तथा भूगर्भ विभागले तीन दशक अघिदेखि नेपालमा पेट्रोलियम खानीको अन्वेषण थालेको थियो। सन् २०१९ मा नेपाल र चीनबीच सम्झौता भएपछि भने अन्वेषणको कामका लागि चीनबाट आएको टोलीले अलि लामो अध्ययन गरेको थियो।

    अहिलेसम्मको कामको प्रगति

    पेट्रोलको अन्वेषणकै लागि जमिन सतहबाट चार किलोमिटर मुनिसम्म हेर्नुपर्ने हुँदा ड्रिलिङ गर्नका लागि भारी उपकरणहरू ठूलो मात्रामा ल्याउनुपर्ने नेपाल आयल निगमका कार्यकारी महाप्रबन्धक ई.दीपक बरालले बताए । 

    यो लामो समय भयो विस्तारै समाधान हुन्छ सबैको चासो बाटोको, निगम सबैलाई लिएर अघि बढ्छ, चिनियाँहरूले यो कामलाई प्राथमिकतामा राखेकाले समयमै पूरा हुने विश्वास दिएको उनले ट्याकस खबरलाई जानकारी दिए । 

    अध्ययनबाट दैलेखको धार्मिक स्थल श्रीस्थान र नाभीस्थानबाट उत्तरपश्चिम पर्ने क्षेत्रमा पेट्रोलियम पदार्थ हुनसक्ने देखिएपछि सुरुमा अन्वेषणात्मक ड्रिलिङ गर्न लागिएकोले नेपालकै उत्पादनमा पेट्रोलियम पदार्थको प्रयोग हुने आशा सर्वसाधारणले समेत लिएका छन् । 

    चीन सरकारको सहयोगमा साईज्मिक ९भूकम्पीय० सर्वेक्षण भइसकेको छ। जमिनको सतहबाट विशेष किसिमको तरङ्ग उत्पन्न गरी जमिनमुनिको तस्बिर लिइने र त्यसकै आधारमा सम्भावित खानी भएको ठाउँ पहिचान गर्ने कार्य साईज्मिक अध्ययनमा गरिन्छ।

    उत्खनन गर्न सकिने सम्भावना कति ?

    नेपालमा यस्ता अन्वेषणमा विदेशीलाई आकर्षित गर्न वित्तीय प्रणाली र कानुनमा आवश्यक परिमार्जन गर्न आवश्यक रहेको एक विज्ञले बताएका छन्।

    भारतको आसाम र पाकिस्तानमा पेट्रोल उत्पादन हुने गरेको भन्दै त्यस्तै भौगोलिक अवस्था रहेको नेपालमा पनि पेट्रोल पाइने सम्भावना रहेको खानी तथा भूगर्भ विभागका पूर्व परियोजना प्रमुख समेत रहेका खानी विज्ञ ई. त्रिलोचन जोशीले ट्याक्स खबरलाई बताए । 

    नेपालमा पेट्रोलियम पदार्थ हुनका लागि आवश्यक भौगर्भिक स्थिति र स्रोत चट्टानहरू छन्। स्रोत ढुङ्गा, तेल जम्मा हुने ढुङ्गा र तेल बनेपछि उडेर जान नदिने संरचनाहरू छ भनेर विभिन्न अध्ययनमा देखिएको ई. जोशीले उल्लेख गरे । 

    नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अगाडि बढाउन ड्रिलिङ गर्ने स्थान पहिचान भएपछि त्यहाँ उपकरण लैजान सहज पार्ने काम भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

    photo--oil.webp

    पश्चिम नेपालको दैलेख जिल्लाका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको खोजीका लागि यसअघि नेपाल आएका चिनियाँ टोलीले दैलेखका विभिन्न चार स्थानमा अन्वेषण गर्ने गरी स्थान पहिचान गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले ट्याक्स खबरलाई जानकारी दिए । 

    केहि समय अघि पूरै टोली चीन फर्किएको र अब नोभेम्बरमा अन्वेषणको काम थाल्ने गरी उपकरणसहित आउन लागेको पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजनाका जानकार तथा पूर्वराजदूत एवं अन्तर्राष्ट्रिय मामिलाका जानकार हिरण्यलाल श्रेष्ठले ट्याक्सखबरलाई जानकारी दिए । 

    ‘ड्रिलिङ गर्ने क्षेत्रमा भारी उपकरणहरू लैजानका लागि पूर्वाधार पनि चाहियो। हामी त्यही काम सहज बनाउन अहिले जग्गा अधिग्रहण र बाटो स्तरोन्नतिको काम भइरहन्छ’ उनले भने ।

    ‘चिनियाँ टोली उपकरणहरूसहित पुनः नेपाल आएभने दुई ढुंगाबीचको तरुल नसम्झेर ३ ढुंगाको बुझेर अमेरिका लगायत अरुलाई भुराजनीति ढंगले अघि बढ््नुपर्छ’ अन्तर्राष्ट्रिय मामिलाका जानकार हिरण्यलालले बताए ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend