उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता, वायुसेवा निगम अध्यक्षमा श्रेष्ठ नियुक्त

उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता, वायुसेवा निगम अध्यक्षमा श्रेष्ठ नियुक्त

मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • images

    काठमाडौं। सरकारले विपद् खोज तथा उद्धार कार्यमा अग्रपंक्तिमा खटिने सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

    मंगलबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो। यस निर्णयले मनसुनजन्य विपद् तथा अन्य दुर्घटनाहरूमा ज्यान जोखिममा राखेर उद्धारमा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउने विश्वास लिइएको छ।

    यसैगरी, बैठकले नेपाल वायुसेवा निगम सञ्चालक समितिमा महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय भएको छ। लामो समयदेखि नेतृत्वको अस्थिरता र व्यवस्थापकीय चुनौती भोगिरहेको राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई गति दिन सरकारले श्रेष्ठलाई दोहोरो जिम्मेवारीसहित कार्यकारी अधिकार सुम्पेको हो।

    यसबाहेक बैठकले कृषि क्षेत्रको विकास र सुधारका लागि ‘बीउ बिजन ९पहिलो संशोधन० नियमावली, २०८३’ स्वीकृत गरेको छ। त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरी देशको नाम उच्च राख्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गर्ने निर्णय भएको छ।

    अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगहरूले बुझाएका प्रतिवेदनहरूलाई गृह मन्त्रालयले तत्कालै कार्यान्वयनमा लैजाने गरी निर्देशन दिइएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend