रसुवा बाढी: १२०४ शव फेला, ४२१६ सम्पर्कविहीन

रसुवा बाढी: १२०४ शव फेला, ४२१६ सम्पर्कविहीन

बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • images

    काठमाडौं । रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुगेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गरेको छ। जसमा विभिन्न मानव अंगसहित १२०४ शव फेला परेको उल्लेख छ। 

    रसुवामा टिमुरेबाट ल्याइएसँगै ११५ वटा शव फेला परेका छन्। नुवाकोटमा १५५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, धादिङमा ६०, नवलपरासी पश्चिममा २०२, गोरखामा ६९ र चितवनमा ३४८ वटा शव फेला परेका हुन्। फेला परेर सोमबारसम्म पनि पहिचान हुन नसकेका शव जमिनमुनी परिएको छ। 

    अहिलेसम्म ९५ शव मात्रै आफन्तले बुझेका छन् 

    प्रहरीका अनुसार ५ सय बढी शव जमिनमा पुरिसकिएको छ। अहिले रहेका शव पनि केही दिन पहिचानका लागि राखिने र पहिचान हुन नसके डीएनएका लागि प्रक्रिया पुरा गरेर जमिनमा पुरिने छ। 

    बाढीमा परी बेपत्ताको संख्या ४ हजार २१६ रहेको प्राधिकरणले जनाएको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend