काठमाडौ। मुम्बईबाट काठमाडौं आएका भारतीय नागरिकको साथबाट ४२२.५ ग्राम सुन बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले जाँच गर्ने क्रममा सुन फेला पारेको हो।
भारतको दिल्लीका ४६ वर्षीय असलम शौकत इन्डिगो एयरको उडानबाट मुम्बई हुँदै काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा कार्यालयका अनुसार अस्वाभाविक रूपमा हिँडडुल गरिरहेको देखेपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा सुन फेला परेको हो।
प्रहरीले शौकतलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा पठाएको जनाएको छ।


