सुनकाे मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै, ताेलाकाे २ लाख १२ हजार पुग्याे

सुनकाे मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै, ताेलाकाे २ लाख १२ हजार पुग्याे

ट्याक्स खबर
आइतवार, भाद्र २२ २०८२
ट्याक्स खबर
आइतवार, भाद्र २२ २०८२
  • images

    काठमाडौं। सुनकाे मूल्यले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गइरहेकाे छ।  बजारमा सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन्। आज सुन तोलामा १६ सय रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १२ हजारमा कारोबार भइरहेको छ। 

    यसअघि शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend