नेक्सजेन म्यानेजमेन्टको साधारण सभाबाट आईपीओ प्रस्ताव पारित, चुक्ता पूँजी ५० करोड पु-याउने

नेक्सजेन म्यानेजमेन्टको साधारण सभाबाट आईपीओ प्रस्ताव पारित, चुक्ता पूँजी ५० करोड पु-याउने

ट्याक्स खबर
आइतवार, आश्विन ५ २०८२
ट्याक्स खबर
आइतवार, आश्विन ५ २०८२
  • images

    काठमाडाैँ।  नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा होटल एलो पगोडामा उक्त सभा सम्पन्न भएको हो ।

    सभाको प्रारम्भमा प्रबन्ध संचालक रमेश कुमार भट्टराईले साधारण सभामा उपस्थित शेयरधनी र आमन्त्रित  अतिथिहरूलाई स्वागत गर्दै कम्पनीको उद्देश्य परिर्वतन र सर्वसाधारणमा शेयर जारी गर्नु पर्ने आवश्यकताका बारेमा प्रकाश पारेका थिए।

    यसैगरी अध्यक्ष देवेन्द्र प्रताप शाहले मन्तव्य प्रस्तुत गर्दै नेक्सजेन म्यानेजमेन्टको विगत वर्तमान अवस्था भावी रणनीति तथा कार्यक्रमको बारेमा जानकारी गराए भने संचालक अजय कुमार मिश्रले उद्योग ब्यबसायमा लगानी गर्दाको जोखिम तथा समयानुकुल लगानी गर्दाको फाइदाका बारेमा अवगत गराएका थिए।

    सभाले आव २०८१/०८२ को वित्तीय प्रतिवेदन पारित गर्ने, कम्पनीको उद्देश्यमा थप ब्यबस्था गर्ने र आव २०८२/०८३ को लागि लेखा परिक्षकको नियुक्ति गर्ने निर्णय पारित गरेको थियो ।

    त्यसै गरी जारी तथा चुक्ता पूँजी ५० करोड पु-याउने क्रममा प्रिमियममा थप संस्थापक शेयर विक्रि गर्न ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न तथा सहायक कम्पनी एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडमा गरेको लगानी समेत सभावाट सर्वसम्मतले अनुमोदन भएको छ ।

    साधारण सभामा संस्थापकहरु रामकृष्ण पौडेल, श्रीचन्द्र भट्ट, बलराम विष्ट, सुरेश सापकोटा तथा आमन्त्रीत मनोरञ्जन रमण शर्मा र विजय बहादुर शाहले कम्पनीका बारेमा विभिन्न जिज्ञासा राखेका थिए। अध्यक्ष शाह र प्रबन्ध संचालक भट्टराईले उठेका जिज्ञासा र प्रश्नहरुको जवाफ दिए।

    नेक्सन म्यानेजमेन्ट २०७५ सालमा स्थापना भएको हो । यो कम्पनी विगत ६ बर्ष देखि निरन्तर खुद मुनाफामा रहेको छ।  गत वर्ष नगद लाभांश वितरण गरेको छ भने यस वर्षको खुद मुनाफा जगेडाकोषमा सारेको र नेटवर्थ पनि अंकित मुल्य रु.१०० भन्दा बढी रहेकोले अव नयाँ लगानीकर्ता समेटेर कम्पनीको आकार र ब्यबसाय बृद्धि गर्न गइरहेको प्रबन्ध संचालक रमेश कुमार भट्टराई बताए।


    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend