गोल्यान ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने

गोल्यान ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने

ट्याक्स खबर
आइतवार, आश्विन २६ २०८२
ट्याक्स खबर
आइतवार, आश्विन २६ २०८२
  • images

    काठमाडौं । गोल्यान ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने भएको छ । गोल्यान ग्रुपले एक विज्ञप्ती जारी गर्दै उनीहरूको साहसको सम्मान र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै सहिद परिवारहरुमा समर्पित सहयोग कार्यक्रम घोषणा गरेको हो

    गोल्यान ग्रुपले सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म शिक्षाको छात्रवृत्ति कार्यक्रममा सामेल गराइ बालबालिकाको रुची र क्षमताअनुसार निःशुल्क शिक्षाको प्रबन्ध गर्ने बताएको छ ।

    त्यस्तै, गोल्यान ग्रुपले सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने घोषणा गरेको छ । ग्रुपले यसलाई परोपकार मात्र नभइ साझा जिम्मेवारी र सहानुभूति सहितको प्रतिबद्धताका रुपमा लिएको जनाएको छ । परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश दिन चाहेको ग्रुपको भनाइ छ ।

    ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनियता र मर्यादालाई प्राथमिकता राख्दै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने बताएको छ । सबै सहिद परिवारसँग सम्पर्क गरी उनीहरुलाई सहयोग कार्यक्रममा जोडिरहेको ग्रुपले जानकारी दिएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend