काठमाडौं। लघुवित्तले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। साना किसानको चुक्ता पुँजी हाल ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ छ।
कम्पनीको सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकको निर्णय अनुसार सेयरधनीले १४.२५ प्रतिशत बोनस सेयर पाउनेछन्। ०.७५ प्रतिशतनगद लाभांश कर प्रयोजनका लागि छुट्याइएको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन्।


