काठमाडौं। महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ७.१८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा लाग्ने करसमेत समावेश छ।
बैंकको हाल कायम चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६५ रुपैयाँ ९० पैसा छ। यस आधारमा बैंकले १५ करोड ६९ लाख १७ हजार ३९९ रुपैयाँ ४४ पैसा बराबरको बोनस सेयर वितरण गर्नेछ।
त्यस्तै, सेयरधनीलाई १७ करोड ५ लाख २६ हजार ४२४ रुपैयाँ २९ पैसा नगद लाभांश बाँड्ने प्रस्ताव गरिएको छ।
दुवै शीर्षकमा गरी बैंकले कुल ३२ करोड ७४ लाख ४३ हजार ८२३ रुपैयाँ ७३ पैसा लाभांश वितरण गर्नेछ।
सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांश नियामकीय स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन्।


