काठमाडौं। माछापुच्छ्रे बैंकको अध्यक्षमा नियुक्त रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्र बैंकमा आयोजित कार्यक्रममा केसीले गभर्नर पौडेलबाट शपथ ग्रहण गरेका हुन्। कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अन्य पदाधिकारी, माछापुच्छ्रे बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतसहित बैंकका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
बैंकको २५औँ वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समिति सदस्यमा केसी निर्विरोध निर्वाचित भएका थिए। त्यसलगत्तै बसेको सञ्चालक समितिको ५६७औँ बैठकले उनलाई आगामी चार वर्षका लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो।
सञ्चालक समितिबाट अध्यक्षमा नियुक्त भएपछि उनले राष्ट्र बैंकका गभर्नरसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।


