काठमाडौँ। राजस्व चुहावट नियन्त्रणको प्रभावकारी कार्यान्वयन नभएको भन्दै गृह मन्त्री ओमप्रकाश अर्यालले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
गृह मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बिहीबार बसेको बैठकमा बोल्दै मन्त्री अर्यालले राजस्व चुहावटलाई रोकथाम तथा नियन्त्रणको प्रमुख एजेन्डाका रूपमा लिन सुरक्षा निकायहरूलाई निर्देशन समेत दिएका छन्। उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैलाई आगामी समीक्षा बैठकसम्म ठोस प्रगति देखिने गरी परिणाममुखी रुपमा काम गर्न आग्रह गरे।
“राजस्व चुहावट नियन्त्रणका प्रयासहरू पर्याप्त छैनन्। अबको समीक्षा बैठकमा स्पष्ट प्रगति देखिनुपर्छ,” मन्त्री अर्यालले बैठकमा भने।


