वासिङटन। अमेरिकाले चीनमा विश्व प्रसिद्ध प्रविधि कम्पनी एनभिडियाले उत्पादन गर्ने उन्नत चीप एच२०० एआई बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने वा सहज पार्ने विषयमा विचार गरिरहेको बताइएको छ। हालै अमेरिका-चीनबीच भएको द्विपक्षीय समझदारीपछि वाशिङ्टनले यस्तो नीतिगत परिवर्तनतर्फ ध्यान दिएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले एक स्रोत उद्धृत गर्दै समाचार लेखेकोछ।
समाचार अनुसार उच्च प्रविधि निर्यात नियन्त्रण हेर्ने अमेरिकी वाणिज्य मन्त्रालयले चीनलाई अत्याधुनिक एआई चिप बिक्री रोक्ने हालको नीतिलाई पुनरावलोकन गरिरहेको जनाइए पनि योजनामा परिवर्तन आउनसक्ने चेतावनी पनि स्रोतहरूले दिएका छन्। व्हाइट हाउसका एक अधिकारीले यस विषयमा टिप्पणी गर्न नमाने पनि अमेरिकाले आफ्नो प्रविधि नेतृत्व र राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्ने प्रतिबद्ध रहेको बताएका छन्।
यता एनभिडियाले प्रत्यक्ष प्रतिक्रिया नदिए पनि कम्पनीले अहिलेका नियमहरूले चीनजस्तो ठूलो बजारमा प्रतिस्पर्धी एआई डेटा-सञ्चार चिप उपलब्ध गराउन नसकिएको बताएको बताउँदै आएको छ। तर पछिल्ला समाचारहरूका अनुसार विदेशी प्रतिस्पर्धीहरूका लागि अवसर खुलेको संकेत गरेको छ। सम्भावित प्रतिबन्ध-हटाइलाई गत महिना बुसानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ प्रधानमन्त्री सी चिनफिङबीच भएको व्यापार तथा प्रविधि सम्बन्ध सुधारका प्रयासको निरन्तरता पनि मानिएको छ।
अमेरिकी सांसदहरू विशेषतः चीनमाथि कडा दृष्टिकोण राख्ने समूहले अत्याधुनिक एआई चिप चीन पुगेमा त्यसले चिनियाँ सैन्य क्षमता मजबुत बनाउने चिन्ता व्यक्त गर्दै आएका छन्। यही कारण बाइडेन प्रशासनले यस्ता चिपको निर्यातमा कडा सीमा लगाएको थियो। चीनले दुर्लभ खनिज निर्यातमा कडाइ गरेपछि अमेरिकाले पनि थप प्रतिबन्धको चेतावनी दिएको थियो। यद्यपि तीमध्ये धेरै प्रतिबन्धहरू पछि फिर्ता लिइएका छन्।
दुई वर्षअघि सार्वजनिक भएको एनभिडिया एच२०० चिपमा पुरानो एच१०० भन्दा उच्च-ब्यान्डविथ मेमोरी रहेको र डेटा प्रशोधन क्षमता अत्यधिक भएको मानिन्छ। यो चिपले चीनका लागि हाल निर्यात गर्न अनुमति प्राप्त एच२० चिपभन्दा करिब दुई गुणा बढी कार्य क्षमता प्रदर्शन दिने अनुमान गरिएको छ।
यसैबीच, एनभिडिया का सीईओ जेनसन हुआङ साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको भ्रमणकै समयमा व्हाइट हाउस पुगेका थिए। अमेरिकी वाणिज्य मन्त्रालयले पनि ७०,हजार ओटा नयाँ पुस्ताको एनभिडिया ब्ल्याकवेल Blackwell चिप साउदी अरेबियाको ह्युमन र संयुक्त अरब इमिराट्सको जी४२ लाई निर्यात गर्न अनुमति दिएको छ।


