चार महिनामा पेट्रोलियम आयातबाट २२ अर्ब ९० करोड राजस्व संकलन

चार महिनामा पेट्रोलियम आयातबाट २२ अर्ब ९० करोड राजस्व संकलन

ट्याक्स खबर
शनिवार, मंसिर १३ २०८२
ट्याक्स खबर
शनिवार, मंसिर १३ २०८२
  • images

    वीरगञ्ज (पर्सा), १३ मंसिरः चालु आर्थिक वर्षका पहिलो चार महिनामा वीरगञ्ज भन्सार नाकाबाट पेट्रोलियम पदार्थ आयातमार्फत कुल रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ। डिजेल, पेट्रोल, एलपिजी, एटिएफ र मट्टितेल आयातबाट प्राप्त राजस्व गत आवको सोही अवधिका तुलनामा ९.६० प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

    यस अवधिमा रु ५४ अर्ब १२ करोड मूल्य बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन्, जुन गत आवको तुलनामा रु २ अर्ब ९३ करोडले बढी हो। गत आवको पहिलो चार महिनामा रु ५१ अर्ब १९ करोड मूल्यका पेट्रोलियम पदार्थ आयात हुँदा २० अर्ब ८९ करोड राजस्व उठेको थियो।

    डिजेल आयात

    कात्तिक मसान्तसम्म २ लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भई रु १० अर्ब ७३ करोड राजस्व सङ्कलन भएको छ।
    गत वर्ष सोही अवधिमा आयात रकम रु २१ अर्ब ८३ करोड र राजस्व रु ९ अर्ब ७८ करोड रह्यो।

    पेट्रोल आयात

    चार महिनामा १ लाख ६६ हजार ६६३ किलोलिटर पेट्रोल आयात भई रु ९ अर्ब ४३ करोड राजस्व प्राप्त भएको छ।
    गत आवमा सोही अवधिमा रु ८ अर्ब ११ करोड राजस्व उठेको थियो।

    एलपी ग्यास आयात

    चार महिनामा करिब ९ करोड ७३ लाख ९६ हजार किलोग्राम एलपी ग्यास आयातबाट रु १ अर्ब ८३ करोड राजस्व सङ्कलन भएको छ।
    गत वर्ष सोही अवधिमा एलपी ग्यास आयातबाट रु २ अर्ब ८ करोड राजस्व प्राप्त भएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend