सांग्रिलाले कर प्रयोजनका लागि ५.३६ प्रतिशत नगद सहित कुल १०.३६ प्रतिशत लाभांश दिने

सांग्रिलाले कर प्रयोजनका लागि ५.३६ प्रतिशत नगद सहित कुल १०.३६ प्रतिशत लाभांश दिने

ट्याक्स खबर
आइतवार, मंसिर १४ २०८२
ट्याक्स खबर
आइतवार, मंसिर १४ २०८२
  • images

    काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांशमा लाग्ने करसमेतका लागि ५.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसलाई अब पुस ७ गते बस्ने २१औं वार्षिक साधारण सभाले अन्तिम स्वीकृति दिनेछ।

    मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंमा सभा गर्ने निर्णय गरेको छ। सभाले आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ। साथै, प्रस्तावित ५ प्रतिशत बोनस शेयरसहितको कुल लाभांश स्वीकृत गर्नेछ।

    हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँ रहेको छ। यसै आधारमा बोनस र नगद लाभांश वितरण गर्न लागिएको हो। 

    बैंकले यस वर्ष अघिल्ला तीन आर्थिक वर्षभन्दा उच्च लाभांश प्रस्ताव गरेको छ। तीन वर्षमा बैंकले १० प्रतिशतभन्दा कम मात्र लाभांश वितरण गरेको थियो। गत वर्ष भने ३.६५ प्रतिशत बोनस र ०.१९ प्रतिशत नगद (कर प्रयोजनका लागि) मात्र वितरण गरिएको थियो।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend