जोखिमका आधारमा कर परीक्षण हुने राजस्व विभागको स्पष्टिकरण, भ्रममा नपर्न अनुरोध

जोखिमका आधारमा कर परीक्षण हुने राजस्व विभागको स्पष्टिकरण, भ्रममा नपर्न अनुरोध

ट्याक्स खबर
बिहिवार, मंसिर १८ २०८२
ट्याक्स खबर
बिहिवार, मंसिर १८ २०८२
  • images

    काठमाडौं । आन्तरिक राजस्व विभागले करदाताको कर परीक्षण प्रक्रिया जोखिमका आधारमै सञ्चालन हुने स्पष्ट पारेको छ। विभागले जारी गरेको सूचनामा मातहतका ठूला, मध्यमस्तरीय तथा आन्तरिक राजस्व कार्यालयहरूमा पूर्ण कर परीक्षण नियमित रूपमा जारी रहेको उल्लेख छ।

    विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि कर परीक्षण कार्यक्रम योजनाबद्ध रूपमा अघि बढेको छ। आर्थिक ऐन, २०८२ को दफा ७४(१)(इ) र मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ३५(ग) अनुसार कर परीक्षण तथा भ्याटसम्बन्धी प्रारम्भिक सूचना सम्बन्धित करदातालाई दिइएको छ।

    आर्थिक वर्ष २०७८/७९ सम्मका कर विवरण र लेखापरीक्षणका आधारमा परीक्षण कार्य जारी रहने विभागले जनाएको छ। केही करदाताले परीक्षण प्रक्रियाबारे भ्रम फैलाएको भन्दै विभागले कर परीक्षण नियमित प्रक्रिया भएको र सबै करदाताले आवश्यक कागजात तथा विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने स्मरण गराएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend