कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश सहित जम्मा ५ प्रतिशत बोनस शेयर दिंदै कालिञ्चोक दर्शन

कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश सहित जम्मा ५ प्रतिशत बोनस शेयर दिंदै कालिञ्चोक दर्शन

ट्याक्स खबर
आइतवार, मंसिर २१ २०८२
ट्याक्स खबर
आइतवार, मंसिर २१ २०८२
  • images

    काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले पहिलोपटक लाभांश वितरणको प्रस्ताव गर्दै ५ प्रतिशत बोनस शेयरसहित कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। लाभांश प्रस्तावसँगै कम्पनीले हाल कायम ६० करोड रुपैयाँ चुक्तापूँजीको आधारमा १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने योजना पनि अघि सारेको छ।

    मंसिर १० मा बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर तथा नगद लाभांश प्रस्ताव गरेको थियो। त्यसपछि मंसिर १८ मा बसेको अर्को बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव थप गर्दै वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा पुस १५ गते काठमाडौंमा हुनेछ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend