वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

ट्याक्स खबर
बुधवार, पौष २ २०८२
ट्याक्स खबर
बुधवार, पौष २ २०८२
  • images

    वीरगञ्ज (पर्सा)। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब एक करोड रुपैयाँ अर्थात् १४ प्रतिशतले बढी हो।

    गत आर्थिक वर्षको पाँच महिनामा कार्यालयले ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। चालु वर्षको मङ्सिर महिनामा मात्रै २० अर्ब ८० करोड रुपैयाँ राजस्व उठेको छ, जुन मासिक लक्ष्यको ९८ प्रतिशत हो।

    महिनागत रूपमा साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा सबैभन्दा बढी २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।

    भन्सार विभागले वीरगञ्ज भन्सारलाई चालु आर्थिक वर्षमा २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ। पाँच महिनामा कार्यालयले लक्ष्यअनुसार उत्साहजनक प्रगति गरेको जनाएको छ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend