काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज १९.९२ अङ्कको गिरावट आएको छ। नेप्से परिसूचक आज २ हजार ५९५ दशमलव १० को स्तरमा कायम भएको छ।
आज ३४५ कम्पनीका १ करोड १२ लाख ९९ हजार ३३४ कित्ता शेयर ७० हजार ५७६ पटक खरिद बिक्री भएका छन्। जसको कुल कारोबार रु ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार ६७१ बराबर पुगेको छ।
आजको कारोबारमा म्युचुअल फण्डबाहेक सबै समूहका उपसूचक घटेका छन्। विशेषत: एसवाई प्यानल नेपाल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सिन्धु विकास बैंक लिमिटेडको शेयरमा नकारात्मक सर्किट लागेको छ।


