काठमाडौं। स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीवार प्रतितोला २ लाख ६७ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य शुक्रवार १ हजार ८ सयले बढेर तोलामा २ लाख ६९ हजार ३ सयमा कायम भएको हो ।
त्यस्तै, शुक्रवार चाँदीको मुल्य पनि १६५ रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य शुक्रवार तोलामा ४ हजार ५६५ सय रुपैयाँमा कायम भएको छ ।


