क्यानको आम्दानी पौने १५ अर्ब, १ करोड २२ लाख आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ९३ लाख यात्रुले लिए सेवा

क्यानको आम्दानी पौने १५ अर्ब, १ करोड २२ लाख आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ९३ लाख यात्रुले लिए सेवा

ट्याक्स खबर
बुधवार, पौष १६ २०८२
ट्याक्स खबर
बुधवार, पौष १६ २०८२
  • images

    काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक वर्षमा पौने १५ अर्ब रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा क्यानको कुल आम्दानी १४ अर्ब ७५ करोड ९५ लाख रुपैयाँ पुगेको हो, जुन अघिल्लो वर्षको तुलनामा करिब ५ करोड रुपैयाँले बढी हो।

    क्यानका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले बुधबार क्यानको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एरोनटिकल क्षेत्रबाट १३ अर्ब ५३ करोड ३४ लाख र नन–एरोनटिकल क्षेत्रबाट १ अर्ब २२ करोड ६१ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिए।

    उनले प्राधिकरणको आम्दानी सन्तोषजनक नदेखिएको उल्लेख गर्दै स्वच्छ एभिएसनको स्पष्ट लक्ष्य नदेखिएको बताए। क्यानले सोही अवधिमा ११ अर्ब ६६ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ।

    कर्णका अनुसार सन् २०२५ का ११ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ९३ लाख ४ हजार ९०६ यात्रुले आवतजावत गरेका छन्।

    हाल नेपालबाट १५ देशका २९ वटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेका छन्।

    त्यसैगरी आन्तरिकतर्फ देशभरका ३५ विमानस्थलमा २ लाख ५१ हजार ५६० उडान तथा अवतरण भएका छन्, जसबाट १ करोड २२ लाख ९१ हजार ९८९ यात्रुले सेवा लिएको कर्णले जानकारी दिए।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend