काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक बिहीबार १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा पुगेको छ। १३ उपसमूहमध्ये अधिकांश घट्दा बजार सूचकसँगै कारोबार रकम पनि कम भएको छ।
व्यापारको सूचक सबैभन्दा धेरै १.०९ प्रतिशतले घटेको छ। १८९ कम्पनीको सेयर मूल्य घट्दा लगानीकर्ताले घाटा बेहोरेका छन्। ग्लोबल आइएमई समुन्नति योजना–२ को एकाइ मूल्यमा नेगेटिभ सर्किट लागेको छ।
उता, ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको स्थिर रह्यो। विन नेपाल लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लागेको छ। बिहीबार बजारमा ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
सबैभन्दा बढी कारोबार एसवाई प्यानल नेपालमा २३ करोड ४१ लाख, शिवम् सिमेन्टमा १३ करोड ८० लाख, बुटवल पावरमा १२ करोड २३ लाख र बन्दिपुर केबलकारमा ११ करोड ६७ लाख रुपैयाँको भएको छ।
यसअघि बुधबार नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेको थियो। सबै उपसमूह बढेका थिए र कारोबार रकम ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ पुगेको थियो।


