४१% बढ्यो स्मार्टफोन आयात : एआई सपोर्टीभ महँगा मोबाइलमा आकर्षण, राज्यलाई ५ अर्ब राजस्व

४१% बढ्यो स्मार्टफोन आयात : एआई सपोर्टीभ महँगा मोबाइलमा आकर्षण, राज्यलाई ५ अर्ब राजस्व

ट्याक्स खबर
सोमवार, फाल्गुण ११ २०८२
ट्याक्स खबर
सोमवार, फाल्गुण ११ २०८२
  • images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउन–माघ)मा नेपालमा २६ अर्ब ६८ करोड रुपैयाँ भन्सार मूल्यका स्मार्टफोन भित्रिएका छन । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ४१ प्रतिशतले बढी हो ।

    माघसम्ममा भित्रिएका १४ लाख १४ हजार वटा स्मार्टफोनबाट राज्यले ४ अर्ब ९७ करोड रुपैयाँ भन्सार राजस्वसमेत प्राप्त गरेको छ ।


    गत वर्ष १८ अर्ब ९३ करोड रुपैयाँ भन्सार मूल्यका १२ लाख २२ हजार वटा स्मार्ट फोनको तुलनामा ७ अर्ब ७० करोड रुपैयाँले मोबाइलको आयात बढेको देखिएको छ ।


    माघ महिनामा मात्रै नेपालमा ३ अर्ब ३८ करोड रुपैयाँको १ लाख ६२ हजार वटा मोबाइल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत वर्षको माघमा नेपालमा २ अर्ब २६ करोड रुपैयाँका १ लाख १८ हजारवटा मोबाइल भित्रिएको थियो । माघ महिनाको मात्रै तुलना गर्दा आयात ४९ प्रतिशतले बढेको छ ।

    नेपाल भित्रिएका मोबाइलमा १३ प्रतिशतका दरले मूल्य अभिबृद्धि कर (भ्याट) र ५.६५ प्रतिशतका दरले अन्तशुल्क लाग्ने गरेका कारण १८.६५ प्रतिशत सरकारलाई राजस्व तिर्नुपर्छ ।

    आयातकर्ताले र बिक्रेताले राख्ने ५.५ प्रतिशतको मार्जिन, होलसेल हुँदै रिटेलसम्म पुग्दा जोडिने थप मार्जिनका कारण मोबाइल फोन भित्रदाको भन्दा ग्राहकले खरिद गर्दासम्म थप ४० प्रतिशत लागत थपिने गरेको मोबाइल आयातकर्ता संघको भनाइ छ । नेपालमा मासिक रुपमा औषत डेढ लाख बढी स्मार्टफोन आयात हुन्छन् भने बजार मूल्य झण्डै ५ अर्ब रुपैयाँ हाराहारी हुने गरेको सँघको भनाई छ ।

    तथ्यांक अनुसार बजारमा एउटा मोबाइलको औसत मूल्य २९ हजार रुपैयाँ परेको देखिएको छ । यस अघि आयात हुने फोनको संख्या र मूल्यका हिसाबले एउटा फोनको औषत मूल्य २० हजार रुपैयाँ हाराहारी मात्रै हुने गरेको थियो । बजारमा नयाँ मोबाइल आएसँगै पुरानो छोडेर माथिल्लो भर्सनमा जाने, नयाँ प्रविधि सपोर्ट गर्ने फोन प्रति उपभोक्ताको आकर्षण बढ्ने, हालैका दिनमा एआई सपोर्ट गर्ने आधुनिक प्रविधियुक्त मोबाइलको माग पनि बढेकाले महंगा मोबाइलको प्रयोग बढ्दै गएको देखिएको संघको भनाई छ ।

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend