गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरणमा उल्लेखित विवरण र उनले सामाजिक सञ्जालमा दिएको स्पष्टीकरणबीच तालमेल मिलेको देखिएन ।
विवरणमा उनले केही कम्पनीको शेयर लुकाएको खबर बाहिरिएपछि उक्त शेयर आफूले ऋणबाट लिएको दावी गरेका छन् ।
तर अचम्म,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले चैत २७ गते बुझाएको सम्पत्ति विवरणको ऋणसम्बन्धी महलमा यो विवरण पुरै खाली छ ।
यता, सामाजिक सञ्जालमार्फत दिइएको स्पष्टीकरणमा भने उनले शेयर किन्न ऋण लिएको कपाली तमसुक देखाएका छन् तर त्यो तमसुकलाई सम्पत्ति विवरणमा सामेल गरिएको छैन ।
विवादास्पद व्यापारी तथा बिचौलिया दीपक भट्ट र उनका साझेदार शंकर ग्रुपका सुलभ अग्रवालहरुको धेरै लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा हालिएको २५-२५ लाख रुपैयाँ लगानी पनि सम्पत्ति विवरणमा देखाइएको छैन ।
सम्पत्ति विवरणमा एकमुष्ट हालिएको ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ भनेर लेखिएको कूल २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँमा नै उक्त लगानी समेटिएको उनको दावी छ ।
शेयर लगानी रहेका अन्य कम्पनीहरु होप होल्डिङ्स र लगुम प्रिमियम अपार्टमेन्ट्सको नाम खुलाए पनि उनले अन्य कम्पनीबारे प्रष्टसँग उल्लेख गर्न चाहेनन् यसबारे स्पष्टीकरण दिँदै लेख्दछन्,‘सबै शेयर एउटै प्रकृतिका नहुने र आफूले धितोपत्र बजारमा कारोबार हुने शेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु’ ।
अर्कोतर्फ करोडौंको सम्पत्ति जोडेर कारोबारसमेत गरेका गुरुङले हालसम्म कर चुक्ता माणपत्रसमेत लिएको देखिन्न ।
उनको स्थायी लेखा नम्बर ६०१४६७१४७ हो भने दर्ता भएको मिति २०७० असोज १३ गतेदेखि यो समचार पोष्ट गर्दासम्म उनको तर्फबाट कुनै कर रकम दाखिला भएको नदेखिनु पनि अर्को शंकाको विषय बनेको छ ।
उनको यस्तो हवैया देखेर राप्रपाका नेता एंवम सांसद ज्ञानेन्द्र शाहले कारबाहिको माग गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका सदस्य भीम रावले पनि रास्वपा आफ्ना नेताको समस्यामा पनि मन्त्रीबाट हट किन भन्दैन भनेर प्रश्न गरेका छन् । नेपाली काँग्रेसदेखि जेनजी समुहले पनि विरोध जनाएका छन् ।
नोट:जनआस्थाको सहयोगमा समाचार पोष्ट गरेको


