वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट

शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • images

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट पेस गरेका छन् ।

    संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीश  डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै त्रिपाठीले रिट पेस गरेका हुन् ।

    यसरी सिफारिस गर्दो यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर उनले रिटमा गरेका छन् ।
    अहिले उक्त रिटको अध्ययन भइरहेको सर्वोच्च अदालतको प्रशासनले जनाएको छ ।

    संवैधानिक नियुक्तिबारे छलफल गर्न बिहीबार बोलाइएको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । 

    प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए ।

    चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै अहिले सरकारको आलोचना भइरहेको छ ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend