काठमाडौं। सरकारले व्यक्तिगत आयकरको सीमा १० लाख पुर्याएको छ। यसअघि यो सीमा पाँच लाखसम्म थियो।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आव २०८३/०८४ को बजेट संसदमा प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्।
साथै, ३६० वस्तुमा लागि आएको अन्तःशुल्क पनि खारेज गरिएको छ।
यसैगरी, सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएको छ।


