अर्थमन्त्री वाग्लेद्धारा बजेट कार्यान्वयनका लागि छलफल शुरु

अर्थमन्त्री वाग्लेद्धारा बजेट कार्यान्वयनका लागि छलफल शुरु

सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३-८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् ।

    भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूको सहभागितामा बैठक सुरु भएको हो ।

    अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्ट र अर्थसचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend