काठमाडौं । नेपाली कांग्रेस पार्टी अहिले गम्भीर विवाद, अन्योल र अस्थिरताको भुमरीमा फसेको छ । पार्टीभित्रको आन्तरिक कलह र विभाजनले प्रजातान्त्रिक व्यवस्था मात्र नभई मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामाथि नै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी समेत छ ।
पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता देखिएको छ । विगत ८–१० महिनादेखि कांग्रेसलाई यो संकटबाट निकाल्ने प्रयास भइरहेको छ । ‘नेपाली कांग्रेस विभाजित हुँदा हिजोका दिनमा व्यवस्थामाथि अप्ठ्यारो परेको थियो, तर अहिले त्योभन्दा विषम परिस्थिति छ,‘ । ‘कांग्रेस विभाजन भएर कमजोर भयो भने राष्ट्रियतामाथि काला बादलहरू मडारिने संकेत देखिँदैछ । त्यसैले नेतृत्व तहबाट पार्टी एक गराउने सही कदमको हामी प्रतीक्षा गरिरहेका छौँ ।’
पार्टीको वर्तमान नेतृत्व, विशेषगरी सभापति गगन थापा र उनको समूहमाथि गम्भीर आरोपको विकल्प छैन । पार्टीलाई गोलचक्करमा फसाएको र आत्मबोधको कमीका कारण मुलुक नै गतिहीन र गन्तव्यहीन बनेको तर्क छ।
‘हामी विभाजित हुँदा यो देशको मेरुदण्ड मानिएको नेपाली कांग्रेस कमजोर भएको छ । मेरुदण्ड नै कमजोर भएपछि न व्यवस्था बलियो हुन्छ, न राष्ट्रियता’ पार्टीको क्रियाशील सदस्यता विवादका सम्बन्धमा कडा टिप्पणी छ। सभापति थापाले जनकपुरमा आयोजित एक कार्यक्रममा आवेगमा आएर सम्पूर्ण क्रियाशील सदस्यता खारेज गर्ने घोषणा गर्नुलाई हुकुमी शैलीको संज्ञा नै हो ।
कांग्रेसको विधान अनुसार नेतृत्वमा पुग्न निश्चित वर्षको निरन्तर क्रियाशील सदस्यता चाहिने देखिन्छ, ‘क्रियाशील सदस्य कसैले खारेज गरेर खारेज हुँदैनन् । यदि सबै खारेज भएको मान्ने हो भने नेतृत्वकै १५ वर्षे निरन्तरतामा प्रश्न उठ्छ र उहाँहरू आफैँ पनि खारेज हुनुहुन्छ ।’ अहिले अद्यावधिकका नाममा देशभर आतंक सिर्जना गरिएको ठहर छ ।
कांग्रेस अहिले विपी कोइरालाको आदर्श र विपी–वादबाट विमुख भएकोमा पनि रोष छ। सरकारका जनविरोधी गतिविधि, शिक्षा र स्वास्थ्यमा लगाइएको कर र राष्ट्रियताका सवालमा कांग्रेसको आवाज कमजोर भएको दाबी छ । ‘सानेपामा नेतृत्व गर्ने साथीहरू सरकारका साझेदार हुन् कि दर्शक मात्र हुन् भन्ने छुट्याउन गाह्रो भएको छ,‘ ।, ‘संसद्मा कांग्रेसको आवाज सत्ताको छायाँ जस्तो देखिएको छ ।’
१५औँ महाधिवेशनका लागि चुनदेवीमा सम्पर्क कार्यालय खोल्नुलाई नयाँ पार्टी खोल्ने तयारीका रूपमा लिनु हुँदैन । यो केवल समान विचार भएका साथीहरूबीचको तयारी मात्र भएको देखिन्छ ।
तथापि, सार्थक संवादको अभावमा पार्टी एकता संकटमा परेको छ । नेतृत्वले तीन लाइनको इमानदार वक्तव्य निकालेर विपी–वादमा फर्कने र अधिवेशनको विश्वसनीय वातावरण बनाउने प्रतिबद्धता जनाए मात्र समस्या समाधान हुने विश्वास छ ।
पार्टी नेतृत्वको भविष्यका भन्नुपर्दा कांग्रेससँग अनुभवी र निष्कलङ्क नेताहरूको कमी नभएको हो । डा.। शशाङ्क कोइराला, डा. शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्ण सिटौला जस्ता नेताहरूलाई डिजिटल लोकप्रियताको नाममा बदनाम गराउने प्रयास भइरहेको हो । ‘केही वर्षदेखि पुराना नेताहरूलाई कुरुप बनाउने र बदनाम गर्ने भाष्य स्थापित गर्न खोजिएको छ, जुन यथार्थ होइन । केवल डिजिटल लोकप्रियताले मात्र देश चल्दैन ।’
कांग्रेसका सबै तहका नेता र कार्यकर्तालाई जिम्मेवार बन्न र आत्मसमीक्षा गर्न अपिल छ। चरम महत्त्वाकांक्षा र उक्साहटमा लागेर पार्टीलाई कमजोर बनाउनुभन्दा देशको लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि एक ठाउँमा उभिनुको विकल्प नभएको हो ।
नेतृत्वले सार्थक वार्ताको तत्परता देखाएमा र विपीका आदर्शलाई पुनः स्थापित गरेमा मात्र कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न सक्ने छ ।
पार्टी नेतृत्वको हठले व्यवस्था र राष्ट्रियता नै जोखिममा
पार्टी नेतृत्वको अदूरदर्शिता र घमण्डका कारण पार्टी मात्र नभई मुलुकको व्यवस्था र राष्ट्रियता नै गम्भीर संकटमा परेको हो । पार्टीभित्रको आन्तरिक कलह र नेतृत्वको गैरजिम्मेवारीपनले विदेशी शक्तिहरूलाई चलखेल गर्ने मौका मिलेको दाबी छ ।
विशेष महाधिवेशन र त्यसपछिका कानुनी प्रक्रियाहरू बदनियतपूर्ण भए तापनि कानुनी राज्यको सम्मान गर्दै आफूहरूले गगन थापालाई सभापति स्वीकार गरेको प्रष्ट छ। तर, सबै पक्षलाई समेटेर पार्टीलाई एक ढिक्का बनाउने मुख्य जिम्मेवारी नेतृत्वकै भएको तर्क छ । ‘हिजो शेरबहादुर देउवा र सुशील कोइरालाले हरेक निर्णय सर्वसम्मत गर्थे, तर अहिलेको नेतृत्वको जिद्घीपन र घमण्डले पार्टी र मुलुक दुवैलाई अप्ठ्यारोमा पारेको छ,‘ ।
पार्टी एकताका लागि आफूहरू पद त्याग गर्न समेत तयार रहेको छ ।, ‘पार्टी मिल्छ भने हामी पद छोडेर बाहिर बस्न तयार छौँ, तर नेतृत्वले संवादका नाममा कहिले मेची–महाकाली त कहिले औंशी–पूर्णिमाको बहाना गरेर पन्छिन खोजिरहेको छ ।’ कांग्रेसका ४६ प्रतिशत असन्तुष्ट जनमत र चार पुस्ताको लगानीलाई उपेक्षा गरेर पार्टी अगाडि बढ्न नसक्ने चेतावनी दिनुको विकल्प छैन ।
वैचारिक विचलनको मुद्दा उठाउँदै विपीको प्रजातान्त्रिक समाजवादलाई छाडेर सामाजिक लोकतन्त्रको बाटो समात्नुले पार्टीलाई थप कमजोर बनाएको उल्लेख छ । संसद्मा कांग्रेसको भूमिका निरीह र लाचार देखिएकोले नेतृत्व सत्ता साझेदारको सहयात्री जस्तो मात्र देखिएको आरोप लगाउनुपर्ने अवस्था छ ।
हाल उपचारका क्रममा विदेशमा रहेका शेरबहादुर देउवा करिब एक सातामा स्वदेश फर्किने भएकलो आफू निरन्तर सम्पर्कमा रहेर अघि बढेको समेत जानकारी दिन चाहान्छु ।
समयमै नेतृत्वले आत्मसमीक्षा नगरे कांग्रेस र देश दुवै ठूलो दुर्घटनातर्फ धकेलिन सक्ने आशंका देखिएकाले गगनले हटाएर, सबै मिलाएर अघि बढ्नुपर्छ ।
लेखक गुरु बराल नेपाली कांग्रेसका नेता हुन् ।


