व्यवसायी दिपक भट्ट समेत जोडिएको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका मृगेन्द्रनाथ पक्राउ

व्यवसायी दिपक भट्ट समेत जोडिएको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका मृगेन्द्रनाथ पक्राउ

बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • images

    काठमाडौं । व्यवसायी दिपक भट्ट समेत जोडिएको मुद्दामा नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पनि पक्राउ परेका छन्। 

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहीबार खनाललाई काठमाडौँ महानगरपालिका–७, सिफलबाट पक्राउ गरेको हो। काठमाडौँ महानगरपालिका–७ कै बासिन्दा रिमाल नेपाल माइक्रो इन्स्योरेन्सका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। 

    व्यवसायी दिपक भट्टसहितलाई प्रतिवादी बनाइएको बीमा ऐन, २०७९ र धितोपत्र ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दायर भइसकेको छ। त्यही मुद्दामा फरार रहेका रिमाललाई पनि पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

    आज बिहीबार नै ब्युरोले रिमाललाई थुनछेक प्रयोजनका लागि जिल्ला अदालत, काठमाडौँमा उपस्थित गराएको छ। आज बहस नभए भोलि उनीविरुद्धको थुनछेक आदेश आउनेछ। 

    उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा पनि विशेष अदालतमा मुद्दा दायर भइसकेको छ। जिल्ला अदालतमा थुनछेक आदेश आएपछि यो मुद्दामा पनि उनलाई उपस्थित गराइने छ। 

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend