आज शेयर बजारमा नेप्से ९ अंकले घट्यो

आज शेयर बजारमा नेप्से ९ अंकले घट्यो

सोमवार, श्रावण २५ २०८३
सोमवार, श्रावण २५ २०८३
  • images

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज सोमबार शेयर बजार परिसूचक नेप्से घटेर बन्द भएको छ।

    आज नेप्से परिसूचक ९.०४ अंक अर्थात् ०.३४ प्रतिशतले घटेर २६४१।०५ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक ४.५ अंकले घटेर २६५०.०९ बिन्दुमा  पुगेको थियो।

    आज नेप्सेमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ७९ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५२ कम्पनीको १ करोड ९ लाख ६६ हजार ७ सय ६६ कित्ता सेयर ५३ हजार ५ सय २४ पटक किनबेच भएको छ। आज ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७ सय ६६ रूपैयाँको कारोबार भएको छ।

    आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर ८.४७ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा पनि सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेड कम्पनी लिमिटेड को ४६ करोड ३७ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ । 

     

    images
    प्रतिक्रिया दिनुहोस्
    images
    ट्रेन्डिङ
    थप समाचार

    © 2026 All right reserved to taxkhabar.com  | Site By : SobizTrend